काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६१ लाख दुई दुई हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ८८ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब १० करोड २१ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १२ करोड १५ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड २९ लाख दुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाको सात दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८९ करोड ८७ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन दुई अर्ब १३ करोड ११ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ६० लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको प्रोभिजन रकम एक करोड ३९ लाख ५८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।