काठमाडौं,अपराधिक पृष्ठभूमी भएका चक्रे मिलन भनेर चिनिने मिलन गुरुङका सहयोगी आधुनिक घातक हतियार ‘एके–४७’ सहित पक्राउ परेका छन् । पक्राउ पर्ने युवा बैजनाथ गाउँपालिका, नौवस्ताका गणेश बोगटी रहेका छन् । उनलाई बाँके प्रहरीले चिसापानीबाट सोमबार साझा नियन्त्रणमा लिएको हो । उनले शान्तिसुरक्षालाई चुनौति दिँदै दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा चक्रे मिलनको सुरक्षा घेरामा आधुनिक घातक हतियार‘एके–४७’ सहित सुरक्षा घेरामा देखिएका थिए। टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। अहिले उनी माथि अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।