काठमाडौँ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो अर्थात् पछिल्लो छ महिनामा दुई करोड ३८ लाख ६५ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड ८१ लाख ६५ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ५७ करोड ८६ लाख ६९ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब एक करोड ५५ लाख ४५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड १४ लाख ९४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४७ लाख ७७ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ११ करोड ४१ लाख ७३ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७७ करोड ४० लाख ५५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ४० लाख ८० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।