काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाको यही चैत्र १६ गते बसेको दुई सय ५८औँ सञ्चालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । सोअनुसार संस्थाले यही वैशाख १० गतेको काभ्रेको धुलिखेलमा विशेष साधारणसभा गर्ने भएको छ । उक्त सभामार्फत संस्थाले मर्जर तथा प्राप्तिलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ६८ लाख ८२ हजार पाँच सय ५३ रूपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड ८१ लाख ४२ हजार सात सय चार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६५ करोड ३३ लाख ८२ हजार छ सय २८ रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब ८३ करोड ८४ लाख ६६ हजार आठ सय ५५ रूपैंयाँ निक्षेप संकलन गरी आठ अर्ब ७६ करोड सात लाख २९ हजार चार सय ७१ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड सात लाख ७२ हजार छ सय ९७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा चार करोड २० लाख ६१ हजार छ सय ९८ रूपैयाँ रहेको संस्थाको स्प्रेड दर भने तीन दशमलव १४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ६२ करोड ३९ लाख १६ हजार सात सय २२ रूपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८६ करोड ५७ लाख २३ हजार पाँच सय ८७ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड १६ लाख ४७ हजार एक सय ९१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको एक दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ८५ प्रतिशत रहेको थियो ।