काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चार प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही चैत २६ गते बसेको एक सय ९१औँ बैठकले २०७९ असार मसान्तसम्ममा कायम रहेको वितरणयोग्य सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख रूपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकका अनुसार घोषित लाभांशमध्येमा तीन दशमलव ८० प्रतिशतले हुन आउने एक करोड ९७ लाख २२ हजार रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८० प्रतिशतले हुनआउने १० लाख ३८ हजार रूपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।