काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने भएको छ । योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको आठ देखि १० प्रतिशतसम्म छुट पाउन सकिने बैंकले जनाएको छ ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले आठ प्रतिशत वा सात सय ५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि प्रयोगकर्ताहरूले दराज एयापबाट ग्लोबल आईएमई बैंकको छुट भौचर लिनुपर्नेछ । एक जनाले एक पटक मात्र छुट पाउनेछन् ।
बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत २८ देखि २०८० वैशाख १ गतेसम्म लागू रहनेछ । यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु रहेको बैंकले जनाएको छ ।