धनुषा, चैत १७ जनकपुर उपमहानगरपालिका ११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्यास लुकाई छिपाई राखेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ग्यास लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको विभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ ।