काठमाडौं,वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचन अन्तर्गत धेरैको ध्यान चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा चलिरहेको चुनावी अभियानले तानेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्लामा दोस्रो पटक उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सत्ता साझेदार नेपाली कांग्रेस र विपक्षी एमालेले चुनौती ठानेको पाइन्छ।
अघिल्लो चुनावमा लामिछानेले ४९ हजार भन्दा बढी मत ल्याउँदा कांग्रेस र एमालेका उम्मेदवार १४/१४ हजार मतमा सीमित भएका थिए।
छोटो समयमा नै राष्ट्रिय राजनीतिमा हलचल मच्चाउँदै लामिछानेले नेतृत्व गरेको दल चौथो ठूलो शक्तिका रूपमा संसद्मा प्रवेश गरेको छ।
वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचन अन्तर्गत धेरैको ध्यान चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा चलिरहेको चुनावी अभियानले तानेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्लामा दोस्रो पटक उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सत्ता साझेदार नेपाली कांग्रेस र विपक्षी एमालेले चुनौती ठानेको पाइन्छ।
सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्ने आदेश दिएपछि लामिछानेको सांसद् तथा मन्त्री पद खारेज भएको थियो।अदालतको निर्णयका कारण चितवन क्षेत्र नम्बर दुईमा उपचुनाव हुन लागेको हो।
राजनीतिमा पाइला हाल्ने बित्तिकै लामिछानेलाई जिताएको प्रधानमन्त्रीको गृह जिल्लाको उपचुनावमा देशैभरीबाट चासो बढेको पाइन्छ।

सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्ने आदेश दिएपछि लामिछानेको सांसद् तथा मन्त्री पद खारेज भएको थियो।
अदालतको निर्णयका कारण चितवन क्षेत्र नम्बर दुईमा उपचुनाव हुन लागेको हो।राजनीतिमा पाइला हाल्ने बित्तिकै लामिछानेलाई जिताएको प्रधानमन्त्रीको गृह जिल्लाको उपचुनावमा देशैभरीबाट चासो बढेको पाइन्छ।
उपनिर्वाचन भइरहेका तीन वटै क्षेत्रमा आक्रामक चुनावी अभियान सञ्चालन गरिरहेको स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले भने उपचुनावमा आफ्नो दलले थप सफलता पाउने बताउँदै आएका छन्।
आफ्नो मत घटाएर देखाउन विपक्षी उम्मेदवारहरूलाई चुनौती दिँदै उनले भने, “यस पटक रविको भोट घट्छ भनेर भनिरहेका छन्। कसरी भोट घट्दो रहेछ? काम गर्न चाहन्छु भन्ने मानिसको भोट घट्छ भने म त्यो स्वीकार गर्न तयार छु।”
आफ्ना निकटतम प्रतिद्वन्द्वीको तुलनामा सवा तीन गुना अर्थात् ४९ हजार भन्दा बढी मत ल्याएर चितवनमा लामिछाने मङ्सिरको आम चुनावमा विजयी भएका थिए।
त्यही भएर अहिलेको उपचुनावमा उनलाई हराउन सत्ता गठबन्धनका लागि सजिलो नहुने कैयौँको आकलन पाइन्छ।
सम्भावित अन्तर्घात रोक्न उम्मेदवारहरूले कोसिस गरिरहँदा आफ्नो गृह नगरमा गठबन्धनको प्रतिष्ठा जोगाउने चुनौती प्रधानमन्त्री प्रचण्ड र उनका सहयात्री दलहरूको काँधमा छ। (बीबीसी)