काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सूचारु भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले विभिन्न व्यापारिक मार्टहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
रेमिट्याप वालेटमार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । ई.एम.भी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फछ्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुन्छ ।