काठमाडौं । राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले नउठाएको आइतबार एक साता बितिसक्यो । महानगरका प्रमुख बालेन शाहको निर्देशन अनुसार आइतबार पनि सिंहदरबारको फोहोर नउठाएको मित्र घिमिरेले जानकारी दिएका छन् ।
‘मेयर बालेनले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने,'मौखिक रूपमा फोहोर उठाए लाइसेन्ससमेत खारेज गरिदिन्छु भनेर ठाडो निर्देशन दिनुभएको छ।' मेयर बालेनले मौखिक रूपमा निकै कडा निर्देशन दिएका कारण आफूहरूले फोहोर नउठाएको घिमिरेले बताए।
सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्।