काठमाडौं । वृद्धाश्रम सहयोग समितिले कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ति वृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।
ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, क्षमता युवापुस्तामा पु-याउने उद्देश्यले सुरु भएको वृद्धाश्रम सहयोग समिति र प्रशान्ति वृद्धाश्रमबीच सहयोगको वातावरण बनी दुवै समितिबीच समन्वय भएको छ । ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो वृद्धाश्रमलाई प्रदेशकै अग्रणी संस्थाका रूपमा विकाश गरिने सोच रहेको हुँदा सहयोगी हातको आवश्यकता रहेको बताएका छन् । हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने नीति रहेको वृद्धाश्रम सहयोग समितिले यो महिना कर्णालीको प्रशान्ति वृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरेको हो ।
वृद्धाश्रम सहयोग समिति अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रममा कम्तीमा एक एक लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यअनुरूप यस आश्रममा सहयोग गरेको बताए । वडा अध्यक्ष र पालिकाले दिएको सहयोगबाट रकम जुटिरहेको उनले बताए ।