काठमाडौं । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरू सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्र्दै बैंकले वैशाख १ गतेदेखि वैशाख सात गतेसम्म एक साताको लागि लागू हुनेगरी बैंकका विभिन्न क्यासलेस कारोबारमा भारी छुट र क्यासब्याकलगायतका योजनाहरू सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस मेसिन र अनलाइनमार्फत एक हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक दिइने बैंकले जनाएको छ । यसैगरी क्यूआर कोडमार्पmत भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि पाँच सय रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक हुनेछ ।
डिजिटल भुक्तानीको अर्को माध्यम इ–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजनाअवधिभरमा इ–कम कार्ड लिन चाहने ग्राहकहरूलाई सो कार्ड निःशुल्करूपमा उपलब्ध गराउनेछ । त्यसैगरी बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यले योजनाअवधिभर निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ ।
यसका साथै बैंकका निष्क्रिय खाता भएका ग्राहकहरूलाई समेत खाता सक्रिय गरी कार्ड वा मोबाइल बंैकिङमार्फत पाँच सय रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ट दुई सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने योजना पनि सार्वजनिक गरेको छ ।
बैंकले देशभर एक सय ८२ शाखा कार्यालय, एक सय ३९ एटीएम, तीनवटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएकोे छ ।