काठमाण्र्डौं,चैत १७
कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले ७० लाख सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । बैंकले प्रत्येक प्रदेश सरकारअन्तर्गतको कोषमा १० लाखका दरले सातवटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो । देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रहीआएको छ र बिभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ ।
नेपाल सरकारले अनुराध गरेको आदेशलाई पूर्णरूपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरूबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने विश्वमा देखिएको यो बिसम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसेर प्रविधिमैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरू समक्ष आग्रह गरको छ । बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब नौ करोड ६४ लाख २५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब सात करोड २६ लाख ९८ हजार रूपैयाँ रहेको थियो । चुुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २६ अर्ब ५४ करोड ५० लाख ७६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ३६ करोड ४२ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७७ करोड ३८ लाख ३४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नााफा ५७ करोड ४९ लाख १६ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १४ अर्ब ९२ करोड ३३ लाख ६८ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक खर्ब चार अर्ब ८७ करोड ६३ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २८ करोड ८८ लाख ३७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।