काठमाडौँ । सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा मिटर ब्याजी पीडितहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । सरकारसँग वार्ता नमिलेपछि मिटर ब्याजी पीडित र प्रहरीबीच झडप भएको हो ।

पीडितहरुले आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलन गरिरहेका छन् । झडपमा दुवैतर्फका व्यक्तिहरु घाइते भएका छन् ।