काठमाडौं,राज्यलाई ठूलो रकम नोक्सानी हुने गरि आइरन चक्की खरिद प्रकरणमा ११ करोड रुपैयाँको चल्खेल हुने बुझिएको छ । स्वास्थ्य मन्त्रालय नभएको बेला स्वास्थ्य सेवा विभागले २० करोड रुपैयाँको आइरच चक्की खरिदमा ११ करोड रुपैयाँ राज्यलाई नोक्सान हुने गरि नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेसम मेडिकल फर्मासँग सम्झौता गरेको खुलासा भएको छ ।
सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएपछि गत असोज १४ गते विभागले टेन्डर आहन गरेको थियो । उक्त आहवन गर्दा नै निकै कम सिमित कम्पनीलाई मात्रै हुने गरि मापदण्ड बनाइएको थियो । उक्त मापदण्डअनुसार आइरन चक्कीको खरिद मूल्य ८५ पैसा हुन गएको समाचार स्रोतले बताएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले बजारमा ४० देखि ५० पैसामा पाइने आइरन चक्की नोबाजेनिटिका भन्ने कम्पनीसँग मिलेमतोमा उसकै आधिकारिक बिक्रेतासँग ८५ पैसामा मूल्य खरिद सम्झाता गरेको हो । त्यसैले यो प्रकरणमा संका गर्ने ठाउ देखिएको छ ।