काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले लाभांश दर घटाएको हो । संशोधन भएपछि लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितिरण गर्ने भएको हो । सो लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअघि लघुवित्तले २१ प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गर्दै स्वीकृतिको लागि राष्ट्र बैंकका पठाएको थियो । तर नेपाल राष्ट्र बैंकले २०७९ फागुन १० गते जारी गरेको निर्देशनबमोजिम लघुवित्तको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।