काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । फाइनान्सले आइतबारबाट यो सेवाको सुरुवात गरेको जनाएको छ । क्यूआर भुक्तानी सेवाबाट ग्राहकलाई स–सानो रकम झिक्न वा चेकबुक तथा डेबिट कार्डको प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त बनाउने विश्वास फाइनान्सले लिएको छ ।
क्यूआरबाट हुने भुक्तानीको सीमा भने मोबाइल बैंकिङको भुक्तानी सीमाअनुरूप नै राखिएको फाइनान्सले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले सेवाको उद्घाटन गर्दै क्यूआर सेवाको प्रयोगले सुरक्षित र भरपर्दो बैंकिङ कारोबार हुने विश्वास व्यक्त गरे ।
एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, क्यूआर पेमेन्ट, सी–आस्वा, डिम्याट लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिट्यान्स सेवाहरूको उपलब्धता रहेको प्रोग्रेसिभ फाइनान्सले हाल २२ वटा शाखा तथा चारवटा विस्तारित काउन्टरमार्फत आधारभूत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।