काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बालविकास समाजलाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको अवसर पारेर सो सहयोग गरेको जनाएको छ ।
सोमबार एक समारोहका बीच बैंकले समाजका इन्चार्ज गोविन्द विश्वकर्मालाई चेक हस्तान्तरण गरेको हो । बाल विकास समाजमा रहेका एक सय बालबालिकामध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च हुने बैंकले जनाएको छ । बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा हरेक वर्ष सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
बैंकले देशभर एक सय ८२ शाखा कार्यालय, एक सय ३९ एटीएम, तीन एन्सटेन्सन काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।