काठमाडौं । सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका हुन् ।
गृह प्रशासन र प्रहरीमा यसअघि रहेको धारणा नै परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । ‘ठूलाबडा, सम्पन्न धनीमानी, पहुँच भएका, शक्ति केन्द्रमा जान सक्नेको कुरा सुन्ने, उनीहरुले भेटघाट गर्न पाउने तर सर्वसाधारणले भेटघाट गर्न नै नपाउने एप्रोच नै चेन्ज गर्नुपर्छ’ उनले भने ।
‘सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्यो भने मनोबल उठ्दैन’, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने । सुरक्षा निकाय हाम्रो गौरव हुनुपर्ने भन्दै उनले सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताए ।