काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन २३ दशमलव ६३ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन तीन दशमलव शुन्य सात अंकले ओरालो लागेर १९ सय चार दशमलव ९८ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने यसदिन शुन्य दशमलव १७ अंकले उकालो लागेर तीन सय ६३ दशमलव शुन्य चार बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ६६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २४ हजार चार सय २९ पटकको कारोबारमा २९ लाख ७५ हजार नौं सय २० कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ८७ करोड चार लाख ४८ हजार एक सय ५१ रुपैंयाँ कायम हुन पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।