काठमाडौं,नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ गैरकानूनी रुपमा सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार न्यायाधीशहरु यमुना भट्टराई,बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।