काठमाडौं । आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मिहिनेतमा हाम्रो साथ’ नामको नयाँ अफर योजना ल्याएको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट एक जनाका दरले सात प्रदेशका सात जना गरी चार हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहारस्वरुप जनही नगद सात हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
विदेशमा रहेका नेपालीहरुले आईएमर्ई वा आईएमर्ईका साझेदारहरुमार्फत पठाएको रकम आईएमई– पे, बैंक डिपोजिट तथा आईएमर्ई एजेन्टहरूबाट प्राप्त गरी यस योजनामा सहभागी हुन सक्नेछन् । योजना अवधिभर सात प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ भने सोसम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेबपेजहरूका अतिरिक्त आमसञ्चार माध्यममार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।