काठमाडौं । बुधबार बिहान साढे ९ बजे श्री एयरको विमानमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको छ।
उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
सोमबार राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो।
तर, हिजो फेरि राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो।