काठमाडौं । तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।
बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए। दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ ।
शुक्रबार बिहान सवा ६ बजे गाडी तोडफोड भएको प्रहरीले सूचना पाएपछि सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकको टोली घटनास्थल पुगेको थियो । प्रहरीले गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।