काठमाडौं। सिंहदरवारको फोहोर उठाउन सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । सिंहदरवारभित्रको फोहोर तत्काल उठाउन न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले भनेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले सिंहदरवारको फोहोर नउठाउने भनी घोषणा गरेका थिए । त्यसै विरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।