दमौली । प्रतिनिधिसभा सदस्यका लागि तनहुँ क्षेत्र नं. १ मा उपनिर्वाचन जारी छ । गत मंसिर ४ गतेको निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको सांसद पदपूर्तिका लागि आइतबार उपनिर्वाचन गरिएको हो ।
तनहुँ एकमा उपनिर्वाचनको मतदान शान्तिपूर्वक भइरहेको छ । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताएका छन् ।
तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।