काठमाडौं । ज्योति विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २० करोड १६ लाख १८ हजार पाँच सय ३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५१ करोड ५७ लाख ३२ हजार तीन सय ५५ रुपैयाँ नाफा कमाएको थियो ।
चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार आठ सय ८६ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५३ अर्ब ५७ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ६७ करोड ७५ लाख पाँच हजार तीन सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
वितरणयोग्य नाफा २७ करोड छ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३७ करोड ५८ लाख ३४ हजार एक सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ९६ प्रतिशत रहेको थियो ।