काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाको बैठक ५ वैशाखमा अनिश्चितकालका लागि स्थगित गरेका थिए । अनिश्चितकालका लागि स्थगित भएको वैशाख ५ गतेको राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी जानकारी दिएका छन् ।