तनहुँ,आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् । गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन् । हालसम्म वाग्लेले १०२५९मत प्राप्त गरेका छन् । त्यस्तै,, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ र नेकपा ९एमाले०का सर्वेन्द्र खनालले २७९७ मत प्राप्त गरेका छन् ।