चितवन । सोमबार दिउँसो १ बजेदेखि चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सुरु गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको कांग्रेस उम्मेदवार श्रेष्ठले जानकारी दिए । ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
श्रेष्ठका अनुसार सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भनी नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको छ ।