काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा मतगणना अन्तिम चरणमा पुग्दा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा रवि लामिछानेले ५० हजार मत कटाएका छन् । उनले अहिलेसम्म लगातार ७१ प्रतिशत मत पाइरहेका छन्।
जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेकामा मंगलबार बिहानसम्मको अध्यावधिक विवरणअनुसार ५० हजार मत कटाइसकेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ९१६५ छ। उनीहरूबीचको मतान्तर ४०८६४ छ।
चितवन(२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत ८ हजार मात्र छ। लामिछानेले यसपालि गत मंसिर(४ को चुनावमा पाएको भन्दा धेरै मतसँगै मतान्तर पनि फराकिलो पार्ने देखिएको छ। अझै पनि चितवन २ को मतगणना जारी रहेको छ भने लामिछानेको विजय सुनिश्चित भइसकेको छ।