काठमाडौं । सेयर बजार सुधारोन्मुख देखिएको छ । अघिल्लो दिन दुई दशमलव ७१ अंंकले उकालो लागेर ७५ करोड १३ लाख रुपैंयाँको सेयर खरिद बिक्री भएकोमा साताको तेस्रो कारोबार दिन आज मंगलबार बजार परिसुचक एवं कारोबार रकम दुबैमा सुधार देखिएको छ ।
बजार परिसुचक नेप्से आज १७ दशमलव ३६ अंकले उकालो लागेर १९ सय पाँच दशमलव ६८ बिन्दुमा कायम रहेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २७ अंकले उकालो लागेर तीन सय ६३ दशमलव ६५ बिन्दुमा कायम रहन सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६४ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसअन्तर्गत २७ हजार सातसय ६६ पटकको किनबेचमा २७ लाख पाँच सय ७० कित्ता कारोबार भएको छ । सोही आधारमा आज ८८ करोड ५५ लाख ७८ हजार दुई सय ७० रुपैंयाँको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुमहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य एक अंकले ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।