काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गरेको छ । लघुवित्तको सञ्चालक समितिले चुक्ता पुँजीको १४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सुनसरीको धरान उपमहानगरपलिकास्थित होटल गजुरमा आइतबार सम्पन्न साधारणसभाले सो लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७८÷७९को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण स्वीकृत गरेको छ । लघुवित्तले देशको ७४ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिँदै आएको छ । लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई लाख तीन हजार आठ सय ६२ घरपरिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।