काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स् साकोसका देशभर रहेका ८० भन्दा बढी शाखाबाट भुक्तानी लिन सकिन्छ ।
रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट डीजीएम देवबहादुर थापा र साकोसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गरेका छन् ।
विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिटले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेषगरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाबाट ग्राहकको खातामा तत्काल पैसा जम्मा हुने व्यवस्था गरेको छ । यस्तै देशभर रहेका १५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत सहजै भुक्तानी लिन सकिने रेमिटले जनाएको छ ।
साकोसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढी शाखामार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको छ । साकोसले बचत खाता, ऋण र रेमिट्यान्सलगायतका सेवा प्रदान गर्दै आएको छ ।