काठमाडौं,नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा कालो झण्डा देखाईएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएकाहरुले ओलीलाई कालो झण्डा देखाएका हुन् ।
झापामा एमालेले राखेको कार्यक्रमलाई सम्बोधन गर्न ओली झापाको बुद्धशान्ति गाउँपालिकाको बुधाबारेस्थित रामजानकी मन्दिर पुगेका थिए । पहिचानवादीहरुले कोशी प्रदेश चाहिदैन जस्ता नाराहरु लगाएका थिए । प्रहरीले भिडलाई नियन्त्रण लिन खोज्दा सामन्य झडप भएको थियो ।
झडपमा दुई जना प्रहरी र केही प्रदर्शनकारि पनि घाईते भएका थिए । सोहि घटनालाई लिएर नेकपा एमालेले संसदमा आवाज उठाएको छ । एमालेले आफ्नो पार्टीको कार्यक्रममा सरकारले घुसपेट गरेको आरोप लगाएको थियो ।
त्यस्तै,गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । अहिले झापाको अवस्था सामान्य रहेको छ । एकाले अध्यक्ष ओली झापाको कार्यक्रम सकाएर इलाम जाने कार्यक्रम रहेको बुझिएको छ ।