काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको धोबिघाटस्थित क्याट क्याफेबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि सिटिजन्स बैंकका ग्राहकले कार्डबाट भुक्तानी गर्दा क्याट क्याफेमा पाँच प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।