काठमाडौं । जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएको हुँदा सरकारले प्रतिनिधिसभाको चालू अधिवेशन शुक्रबारदेखि अन्त्य गर्ने भएको छ । आज रातिबाट अधिवेशन अन्त्य हुने स्रोतले जानकारी दिएको छ ।

तीन दलका शीर्ष नेताहरूबीच आज शुक्रबारबाट चालू अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो । यो अधिवेशनको अन्त्य गरेर सरकारले प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान गर्नेछ ।