काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट दिने योजना ल्याएको छ । यो योजनाअन्तर्गत बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले स्मार्ट च्वाइस टेक्नोलोजीसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालिका केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म छुट उपलब्ध गराउने भएको हो । बैंकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवद्र्धन गर्न छुट योजना सार्वजनिक गरेको जनाएको छ । यो छुट योजना सीमित अवधिको लागि रहने पनि बैंकले जनाएको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरू ल्याउने गरेको छ ।
ग्लोबल आईएमई बैंकले मुलुकभर ७७ वटै जिल्लामा तीन सय ५७ शाखा कार्यालय, तीन सय ५७ एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय गरी कुल ११ सय सेवाकेन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।