नेपालगञ्ज,चैत २१
नेपालगञ्ज मेडिकल कलेजले कोरोना संक्रमणविरुद्धको अभियानका क्रममा खटिने आफ्ना कर्मचारीलाई भवितव्य भए १० लाख रुपैयाँबराबरको रकम उपलब्ध गराउने भएको छ । त्यसका लागि कोष व्यवस्था गरिएको कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताए । नेपालगञ्ज मेडिकल कलेज अहिले कोरोना बाट बिश्व आक्रान्त भइरहेको बेला कोरोना बिरुद्ध सचेतना र उपचार लागि तयारीमा लागिरहेको र संकटको घडिमा हामी सरोकारवालाहरूसँग हातेमालो गर्न प्रयासरत रहेको कलेजका सहायक निर्देशक डा. कनोडियाको भनाइ छ ।
हाललाई जोखिमको मध्यनजर गर्दै कलेज र अस्पताल वा खटाईएको क्षेत्रमा काम गर्दा भवितव्य परिहालेमा भवितव्य पर्नेहरु प्रत्येक कर्मचारीको लागि १० लाख रुपैयाँबराबरको रकम उपलव्ध हुने गरी कोष व्यवस्थापन गरिएको जानकारी कलेजका सहायक निर्देशक डा. कनोडियाले बताए ।