गण्डकी । पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार माल्यार्पण गरेका छन् ।
शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उनले चिप्लेढुङ्गा पुगी नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् ।
मुख्यमन्त्रीसँगै नवनियुक्तमन्त्री सरस्वती अर्याल तिवारीले पनि सालिकमा माल्यापर्ण गरेकी थिइन् । माल्यार्पण समारोहमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतको उपस्थिति थियो ।