काठमाण्डौं,चैत २१
कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वव्यापीरूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
कर्मचारी सञ्यच कोषको सञ्चालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व)का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रूपैयाँ सहयोग गरेको हो ।