काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जान सकारात्मक रहेको देखिएको छ । गृहसहित तीन मन्त्रालय र साझा न्यूनतम कार्यक्रम पुर्नलेखन भए सरकारमा जान सकिने रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले बताएका छन् । कार्कीले भने, ‘साझा न्यूनतम कार्यक्रममा हाम्रा एजेण्डाहरु हटाएको छ । हामीलाई दिने भनिएको मन्त्रालयमा समेत हस्तक्षेप भएका छन् । ती सबै हुने सुनिश्चित भए मात्र सरकारमा जान सकिन्छ ।’
रास्वपाले हतारिएर सरकारमा जानेभन्दा गठबन्धनको आन्तरिक कुराहरु के के छन् भन्ने विषयलाई राम्रोगरी बुझ्ने नीति लिएको छ । सत्तामा जाने विषयलाई मात्रै प्रधान नबनाउन नेताहरुले समेत सुझाव दिएका छन् । सरकार पाँचै वर्ष जाने सुनिश्चित हुनुपर्ने रास्वपाको अडान रहेको छ ।