काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ ।

फेसबुकमार्फत सीके राउत र सभापति लामिछानेको भेटवार्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ । उनीहरुबीच भएको कुराकानीको विषय भने खुलाइएको छैन ।