काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको खुद मुनाफामा कमी आएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ७३ लाख ३४ हजार नौ सय ३८ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक करोड ९२ लाख २१ हजार तीन सय ९५ रुपैयाँले ऋणात्मक थियो ।
५० करोड २८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले चालु आवको तेस्रो त्रैमासमा चार अर्ब ४९ करोड एक लाख ३१ हजार चार सय ३३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३९ करोड २९ लाख चार हजार सात रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड १९ लाख २० हजार तीन सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
गत आवको तेस्रो त्रैमासमा बैंकले चार अर्ब ३९ करोड ७२ लाख ६८ हजार ७४ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २९ करोड ९१ लाख ३५ हजार एक सय १० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ६० लाख नौ हजार छ सय १९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । बैंकको वितरणयोग्य मुनाफा दुई करोड २३ लाख ३९ हजार ८७ रुपैयाँ रहेको छ ।