काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले जोखिम तथा असुली व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ । लघुवित्तका अनुसार वैशाख १७ गते आइतबारका दिन तालिम आयोजना गरिएको थियो ।
तालिममा लघुवित्तका एक सय शाखा कार्यालयका तीन सय कर्मचारीको उपस्थिति रहेको थियो । तालिममा उपस्थित कर्मचारीहरूलाई केन्द्रीय कार्यालयका विभागीय प्रमुख र इलाका निर्देशकहरूले कर्जा जोखिम व्यवस्थापन र कर्जा असुलीबारे प्रशिक्षण दिनुका साथै वर्तमान समस्या एवं चुनौती सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरिएको लघुवित्तले जनाएको छ ।
समारोहमा संस्थाबाट सेवा निवृत्त भएका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक सुधीर प्रसाद लोहनीलाई बिदाइ गर्दै नवनियुक्त कार्यकारी निर्देशक जया लोहनीलाई स्वागत गरिएको थियो । यस्तै कार्यक्रममा २२ वर्ष सेवा गरी निवृत्त भएका प्रादेशिक समन्वय प्रमुख खेमराज खतिवडालाई पनि बिदाइ गरिएको लघुवित्तले जनाएको छ ।