काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवन पतिहानीस्थित जंगल भिल्ला रिसोर्टबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार बैंकको कार्डबाट रिसोर्टमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बैंकले देशभर एक सय ८२ वटा शाखा, एक सय ३९ एटीएम, तीन विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।