काठमाडौं । नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि बुधबार उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए । त्यस लगत्तै उनलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो ।
भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।