काठमाडौं । बेस्ट फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड ३० लाख ३१ हजार आठ सय ८४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १५ करोड २६ लाख ९३ हजार पाँच सय ६९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार सात सय ८९ रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा चार अर्ब २४ करोड ३० लाख ८७ हजार सात सय ५२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३४ करोड ९९ लाख एक हजार एक सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ४१ लाख ८६ हजार छ सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको चार दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।