काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको खुद मुनाफा ऋणात्मक देखिएको छ । फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा सात करोड ५१ लाख १९ हजार सात सय ११ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने फाइनान्सले एक करोड ६० लाख ५२ हजार ७१ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ८४ करोड ८१ लाख छ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा चार अर्ब ६६ करोड ३५ लाख २७ हजार एक सय १९ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६६ करोड १८ लाख ६४ हजार आठ सय २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ४३ लाख ३९ हजार सात सय ९४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ९५ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने फाइनान्सले चार अर्ब ५९ करोड २९ लाख २६ हजार दुई सय ८९ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७२ करोड ५६ लाख ५६ हजार एक सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।