काठमाडौं । माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ,’ कार्कीले भने ।
सिम्रिक एयरसँग आयोजनाले सम्झौता गरे अनुसार नै हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट सो हेलिकोप्टरले ओसारिरहेको थियो ।